दफा २२
सवारी ल्याउनु पर्ने
दफा १३, १५ वा २० बमोजिम कुनै सवारी दर्ता गर्न दफा ३७ बमोजिम सवारी नामसारी गर्न र दफा ३९ बमोजिम सवारीको कुनै कुरा हेरफेर गर्नको लागि दरखास्त दिंदा त्यस्तो दरखास्त दिने व्यक्ति, फर्म वा कम्पनीले त्यसरी दर्ता, नामसारी वा कुनै कुरा हेरफेर गराउन चाहेको सवारी समेत साथै ल्याउनु पर्छ ।